सबै भुक्तानीहरु अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न अर्थकाे परिपत्र

-



     सफल आवाज    
     असार ३० गते २०८२ मा प्रकाशित



काठमाडौं, ३० असार । अर्थ मन्त्रालयले २०८२ साउन १ गतेबाट सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीहरु अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न परिपत्र गरेको छ ।

मन्त्रालयले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई साे व्यवस्था गर्न परिपत्र गरेको हो ।

मन्त्रालयका अनुसार केही बोर्ड, समिति र सार्वजनिक संस्थानहरुमा विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको देखिएकाेले अर्थ मन्त्रालयले परिपत्र गरेको जनाएको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटमा यसका बारेमा उल्लेख भएकाेले साेअनुसार परिपत्र गरिएको जनाएको छ ।