
काठमाडौं, ३० असार । राष्ट्रिय कृषि कम्पनी नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साे सभा गएकाे शुक्रवारका काठमाडौंको तीनकुनेस्थित मण्डला बैंक्वेटमा सफलता पूर्वक सम्पन्न गरिएकाे जानकारी प्राप्त भएकाे छ ।
कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाईंकाे सभापतित्वमा भएकाे कार्यक्रममा शेयरधनीहरुको उत्साहजनक उपस्थिति रहेको थियो। कम्पनीका सञ्चालक सुदिप सापकोटा, मैया दुलाल, कवि पुडासैनी, मधेश प्रदेश प्रमुख रविन्द्र कुमार पजियार, निर्वाचन अधिकृत, सचिव तथा कर्मचारी र सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कम्पनीका सचिव विष्णु बरालले गरेका थिए ।
कम्पनी २०८१ बैशाख २७ गते विशाल हुमागाईंसहित २६ जना संस्थापकद्वारा स्थापना गरिएको हाे । जसले २०८१ असार ३१ गते कारोबार स्वीकृति प्राप्त गरी औपचारिक रुपमा काम सुरु गरेकाे थियाे । अहिले कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ रहेकाे छ । यसका करिब २ हजार २०० जना शेयरधनीहरू रहेका छन् । कम्पनीले छोटो अवधिमै कृषिमा रुपान्तरणको दीर्घकालीन सोचअनुसार बहुआयामिक योजनाहरू अगाडि बढाउँदै आएको छ ।
साधारण सभाले आर्थिक वर्ष ०८०र८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गरेकाे छ । आगामी आर्थिक वर्ष २०८१ र ८२ का लागि लेखापरीक्षकको नियुक्ति गरेको छ । कम्पनीद्वारा सार्वजनिक सूचना मार्फत प्रस्तुत गरिएका विविध विशेष प्रस्तावहरू सभाबाट बहुमतले पारित गरिएकाे । सोही अवसरमा संस्थापक समूहतर्फका तीनजना सञ्चालकहरू निर्विरोध निर्वाचित भएका छन् । उनीहरुमा विशाल हुमागाईं, सुदिप सापकोटा र मैया दुलाल रहेका छन् ।
सभामा अध्यक्ष हुमागाईंले कम्पनीको हालसम्मका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै छोटो समयमै उल्लेखनीय उपलब्धिहरू हासिल गरेको जानकारी दिए । उनका अनुसार कम्पनीले लालबन्दी र निजगढमा परियोजना विस्तार गरिसकेको छ । जहाँ कम्पोस्ट मल र डल्लो च्याउ उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । SupermartNepal.com नामक भर्चुअल कृषि बजार प्लेटफर्मको निर्माण अन्तिम चरणमा रहेको र श्रावणदेखि सञ्चालनमा ल्याइने भएकाे छ। कम्पनीले करिब १५ करोड रुपैयाँ अल्पकालीन रुपमा लगानी गरेको र हालसम्म १ करोड ५ लाख रुपैयाँभन्दा बढी प्रतिफल आर्जन गर्न सफल भएको जानकारी दिइएकाे छ ।
यसैगरी, श्रीलंकाको प्रतिष्ठित कम्पनी CIC Agribusiness Pvt. Ltd. सँग सम्पन्न भएको सहकार्य सम्झौताले कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रविधि, ज्ञान र बजार पहुँचमा सशक्त बनाउने अपेक्षा गरिएको छ । कम्पनीले स्थापनाको छोटो अवधिमा जनकपुरमा प्रदेशीय कार्यालय, लालबन्दीमा परियोजना कार्यालय, वीरगञ्ज र हेटौंडामा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ । कम्पनीको मानव संसाधन पक्षमा पनि उल्लेखनीय आकर्षण देखिएको छ । जहाँ ९ हजार भन्दा बढी आवेदन प्राप्त भएकाेमा बैंक तथा बीमा क्षेत्रका अनुभवी व्यक्तिहरू बढी रहेका थिए ।
सभाध्यक्ष हुमागाईंले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने अभियानमा कम्पनी दृढतापूर्वक अघि बढिरहेको बताए । यसलाई केवल व्यावसायिक संस्था नभई राष्ट्र, कृषक र उपभोक्ताबीचको समन्वयकारी विकास अभियानको रूपमा अगाडि बढाइने स्पष्ट पारे । उनले कम्पनीको पारदर्शिता, जवाफदेहीता र दीर्घकालीन रणनीतिमा आधारित कार्यशैलीले यसलाई नेपालकै अग्रणी कृषि कम्पनीको रूपमा स्थापित गर्नेमा विश्वास व्यक्त गरे ।









काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




