
बेइजिङ, ३१ असार । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले मङ्गलबार चिनियाँ राजधानीमा राष्ट्रपति सी जिनपिङसँग भेट गर्दै क्यानबेरा र बेइजिङबीचको सम्बन्धको केन्द्रविन्दुमा ‘संवाद’ हुनुपर्ने बताएका छन्।
भू–राजनीतिक तनाव उच्च रहेको भए पनि हालै स्थिर व्यापार सम्बन्धलाई बलियो बनाउने उद्देश्यसहित अल्बानिज प्रधानमन्त्रीका रूपमा आफ्नो दोस्रो चीन भ्रमणमा छन्।
बेइजिङ र क्यानबेराबीचको सम्बन्धले गत दशकमा उतारचढाव देखाएको छ । यो अवधिमा राष्ट्रिय सुरक्षामा बारम्बार असहमति र विशाल प्रशान्त क्षेत्रमा प्रतिस्पर्धी स्वार्थहरू देखिएको छ ।
सन् २०१७ देखि सुरु भएको हानिकारक व्यापार युद्धको अन्त्यका लागि अन्तिम अवरोध हटाउँदै चीनले अस्ट्रेलियाको आयातित रक लोबस्टरमाथि लगाएको प्रतिबन्ध खारेज गरेपछि डिसेम्बरमा सम्बन्ध सुधार भएको थियो ।
अल्बानिजले ग्रेट हल अफ द पिपुलमा सीसँग भेटवार्ता गरे र उनले ‘अस्ट्रेलियाको विचार र चासोहरू निर्धारण गर्ने अवसर’ लाई स्वागत गरेको बताए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




