‘पूँजीबजार रातोबाट हरियो’ हुनु सरकारकाे उपलव्धि हाे- प्रधानमन्त्री ओली

-



     सफल आवाज    
     श्रावण ४ गते २०८२ मा प्रकाशित



काठमाडौं, ४ साउन । आर्थिक वर्ष २०८१-२०८२ काे अन्तिम दिनकाे नेप्सेकाे उकालाेकाे यात्राले नयाँ आर्थिक वर्ष २०८२-२०८३ लाई हरियाली माहाेलमा स्वागत गरेपछि अब शेयर बजार सकारात्मक हुने अपेक्षा बढेकाे छ ।

यसैबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै शेयर बजारमा आएको सुधारलाई आफु नेतृत्वकाे सरकारकाे एक वर्षे कार्यकालकाे महत्वपूर्ण उपलव्धि भएकाे बताएका छन् ।

सार्वजनिक गरिएकाे फाेटाेसहितकाे प्रधानमन्त्रती ओलीले सामाजिक सञ्जालकाे स्टाटसमा नेप्से परिसूचक २१ ०० बिन्दुबाट बढेर २८०० काे बिन्दु माथि उक्लिएकाे जनाइएकाे छ ।

प्रधानमन्त्रती ओलीले ‘सरकारको एक वर्ष-पूँजीबजार रातोबाट हरियो’ लेखेका छन् । अर्थात याे भनेकाे नेपाली अर्थतन्त्रमा भएकाे सुधारको संकेत हाे ।

उसाे त सरकारकाे नेतृत्वमा गएदेखि प्रधानमन्त्री ओलीले सरकारले लगानीमैत्री वातावरण निर्माण गरिरहेकाे बताउँदै आएका छन् ।