प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडानमा अवरूद्धता

-



     सफल आवाज    
     श्रावण ५ गते २०८२ मा प्रकाशित



वासिङ्टन, ५ साउन । अलास्का एयरलाइन्सले अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जारी गरेको सुझाबअनुसार आफ्ना सबै उडान अर्को सूचना नभएसम्मका लागि रोक्न अनुरोध गरेको छ ।

एयरलाइन्सले स्थानीय समयअनुसार आइतबार एएफपीसँग भनेको छ, “सूचना प्रविधिको अवरूद्धताको अनुभव गरिएको र यसले हाम्रो उडान सञ्चालनलाई असर गरिरहेको छ ।

कम्पनीले ‘समस्या समाधान नभएसम्म’ अलास्का र होराइजन एयरको उडानसम्बन्धी सेवा अस्थायीरूपमा रोक्न अनुरोध गरेको छ। एफएएले कम्पनीका विमानको ग्राउन्ड स्टपबाट सबै गन्तव्यहरू प्रभावित भएको देखाएको छ। एएफपीले समस्याबारे टिप्पणीका लागि गरेको अनुरोधमा उसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

अलास्का एयरलाइन्सले विमानस्थलमा जानुअघि यात्रुलाई आफ्नो उडानको अवस्था जाँच्न आग्रह गर्दै अवरोधका लागि क्षमा याचना गरेको छ। “यो असुविधाका लागि हामी हाम्रा पाहुना (यात्रु) सँग क्षमा याचना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ। “साँझभरि हाम्रो अपरेसनमा अवशिष्ट प्रभावहरू हुनेछन्।