
इस्तानबुल, ९ साउन । सन् २०१५ को सम्झौताअन्तर्गत तीन युरोपेली शक्ति राष्ट्रले प्रतिबन्ध पुनः सक्रिय गर्ने (स्न्यापब्याक) संयन्त्र प्रयोग गर्नसक्ने चेतावनीका बीच इरानी कूटनीतिज्ञहरूले शुक्रबार जर्मनी, बेलायत र फ्रान्सका समकक्षीसँग नयाँ आणविक वार्ताका लागि भेटवार्ता गर्ने भएका छन्।
स्न्यापब्याक संयन्त्रले इरानविरुद्ध सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू गर्न अनुमति दिन्छ । इजरायलले इरानमाथि गत जुनको मध्यमा गरेको आक्रमणपछि इस्तानबुलमा हुन लागेको इरानको यो पहिलो बैठक हो । इजरायली आक्रमणका कारण इजरायल– इरानबचि १२ दिनसम्म युद्ध भएको थियो ।
जसमा इजरायलले यरानका प्रमुख आणविक तथा सैन्य स्थलहरूलाई निशाना बनाएको थियो। इजरायलको आक्रमणले शीर्ष कमाण्डर, आणविक वैज्ञानिक र अन्य सयौँको ज्यान लिएको थियो भने आवासीय क्षेत्रमा पनि आक्रमण भएको थियो र यसले अप्रिलमा सुरु भएको अमेरिका–इरान आणविक वार्तालाई पनि बिथोलेको थियो। त्यसयता युरोपेली शक्तिहरूले सन् २०१५ को आणविक सम्झौताअन्तर्गत अगष्टको अन्त्यसम्ममा इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध लाई पुनस्र्थापित गर्ने ‘प्रतिवन्ध पुनः प्रयोग गर्ने संयन्त्र’सुरु गर्ने चेतावनी दिँदै आएका छन् ।
प्रतिवन्ध पुनः प्रयोग गर्ने संयन्त्र’ सुरु गर्ने विकल्प अक्टोबरमा समाप्त हुन्छ । तेहरानले इ–थ्रीले यसलाई सक्रिय गर्ने विकल्पमा गएमा त्यसबाट आइपर्ने परिणामहरूको जिम्मेवारी इयूले लिनुपर्ने चेतावनी दिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




