सागर डिस्ट्रिलरीले पायाे आइपिओ बिक्रीको अनुमति

-



     सफल आवाज    
     श्रावण १३ गते २०८२ मा प्रकाशित



काठमाडौं, १३ साउन। उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्ट्रिलरी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आइपिओ बिक्रीका लागि अनुमति दिएको छ ।

चालु आर्थिक वर्ष लागेसँगै बोर्डले पहिलो पटक सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको हो । बोर्डले सो कम्पनीलाई कूल रु १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

बोर्डका अनुसार सो कम्पनीलाई सोमबार साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको हो । साधारण शेयर बिक्रीका लागि कूल ७६ कम्पनी प्रतिक्षामा छन् । तीमध्ये ३७ वटा जलविद्युत् कम्पनी रहेका छन् ।

होटल तथा पर्यटनतर्फ चार, विकास बैंक र फाइनान्स कम्पनी एक/एक वटा छन् । लगानी कम्पनीतर्फ तीन, उत्पादन तथा प्रशोधनतर्फ १८, माइक्रो इन्स्योरेन्सतर्फ तीन कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।