आरएसडिसी लघुवित्तकाे नाफा २७.१९ प्रतिशतले घट्याे

-



     सफल आवाज    
     श्रावण १६ गते २०८२ मा प्रकाशित



काठमाडौं, १६ साउन । आरएसडिसी लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा घटेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो वर्षको सोही अवधिकोभन्दा घटेको छ।

गत आर्थिक वर्षमा लघुवित्तले १० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियाे । जाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २७.१९ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तकाे नाफा १४ करोड १७ लाख रुपैयाँ थियो।

लघुवित्तको खुद ब्याज आम्दानी २२.५४ प्रतिशत रहेकाे छ । अन्य सञ्चालन आम्दानी ६९.६९ प्रतिशतले घटेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी २४.५१ प्रतिशतले घटेको छ । सञ्चालन मुनाफा ४०.३९ प्रतिशतले घटेको छ। असारकाे अन्त्यसम्ममा वितरणयोग्य मुनाफा ८ करोड ५४ लाख रुपैयाँ रहेकाे छ । ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३ पैसा घटेर ९ रुपैयाँ ९८ पैसा रहेकाे छ। मूल्य आम्दानी रेसियाे ७०.२६ गुणा छ । नेटवर्थ १२५ रुपैयाँ ९५ पैसा रहेको छ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेकाे छ । जगेडामा २६ करोड ८३ लाख रुपैयाँ छ। लघुवित्तले ६ अर्ब ८० करोड ९० लाख रुपैयाँ सापटीबाट ६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको उल्लेख छ।