
काठमाडौं, १८ साउन । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाकाे नाफा बढेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको हाे ।
गत आर्थिक वर्ष सकिदासम्म लघुवित्तकाे नाफा ११ करोड ७४ लाख रहेकाे छ। जाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २०८.४४ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा याे नाफा ३ करोड ८० लाख थियो।
संस्थाकाे खुद ब्याज आम्दानी र सञ्चालन नाफामा राम्राे सुधार भएपछि खुद नाफा बढेकाे हाे । खुद ब्याज आम्दानी ४१.३० प्रतिशतले बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी १६.१५ प्रतिशत घटेको छ। कुल सञ्चालन आम्दानी २९.४८ प्रतिशत र सञ्चालन मुनाफा २५०.५३ प्रतिशतले बढेको छ। वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँबाट बढेर ९ करोड १० लाख रुपैयाँ रहेकाे छ।
लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपेयाँ ८० पैसा बढेर ४४ रुपैयाँ ९ पैसा भएकाे छ। वितरणयोग्य प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा, नेटवर्थ २७७ रुपयाँ १७ पैसा रहेकाे छ । मूल्य आम्दानी रेसियाे ४०.२८ गुणा छ।
लघुवित्तको चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ रहेकाे छ। लघुवित्तको निक्षेप तथा सापटी १०.४९ प्रतिशत रहँदा कर्जामा ४.९६ प्रतिशतले बृद्धि भएकाे छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




