
बोस्टन, अमेरिका, २ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार वर्षे अवधिमा दुईपल्ट महाअभियोग लागेको पहिलो राष्ट्रपति बनेका छन् । कार्यकाल एक साता मात्र बाँकी रहेका ट्रम्प जाँदाजाँदै महाअभियोगको दाग बोकेर बाहिरिने भएका छन् ।
हिंसालाई प्रश्रय दिएको गम्भिर आरोप लागेका ट्रम्पविरुद्धको महाअभियोग अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट बहुमतले पारित भएको हो ।
बुधबार हाउसमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो । ट्रम्पलाई महाअभियोग लगाउन उनकै पार्टी रिपब्लिनकका १० सांसदले समेत मत दिएका छन् । यस्तै रिपब्लिकनका चार सांसदले मतदानमा भाग लिएनन् ।
ट्रम्प अमेरिकी इतिहासमा दुईपल्ट महाअभियोग झेल्ने पहिलो राष्ट्रपति बनेका छन् । यसअघिको पहिलो महाअभियोग हाउसबाट बहुमतले पारित भए पनि सिनेटमा पास भएको थिएन ।
हाउसबाट पास भएको यो महाअभियोग प्रस्तावलाई जतिसक्दो छिटो सिनेटमा पेश गर्न डेमोक्रेटिक पार्टीले पहल गरिरहेको छ ।
दोस्रो कार्यकालका लागि गत नोभेम्बरको निर्वाचनमा पराजित भएपछि ट्रम्प चार वर्षे कार्यकाल सकेर जनवरी २० मा पदमुक्त हुँदैछन् । गत बुधबार संसद भवनमा आफु समर्थकहरुद्धारा हुलदंगा गराउन उक्साहट गरेको भन्दै ट्रम्पको चौतर्फी आलोचना भइरहेको छ । उनकै दलबाट समेत धेरैले आलोचना गरेका छन् ।
त्यसयता अमेरिकी राष्ट्रपति ट्रम्पलाई सबैखाले सोसल मिडिया कम्पनीहरुले प्रतिबन्ध लगाएका छन् । उनका अकाउन्टहरु बन्द गराई सोसल साइटहरुको प्रयोगमा यसरी प्रतिबन्ध लगाइएको उनी अहिलेसम्मकै पहिलो उच्च राजनीतिज्ञ हुन् ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




