साेमबार सुनाचाँदीकाे भाउमा सामान्य बृद्धि

-



     सफल आवाज    
     श्रावण १९ गते २०८२ मा प्रकाशित



काठमाडौं, १९ साउन । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनचाँदीकाे भाउमा सान्य बृद्धि भएकाे छ । सुन प्रतितोला १०० रुपैयाँले बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार चाँदी तोलाकाे २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलाको २ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।