
काठमाडौं, २२ साउन । समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे नाफामा सुधार भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण अनुसार लघुवित्तको २४०.९१ प्रतिशतले बढेकाे छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९ पैसा बढेको छ।
अघिल्लो आर्थिक वर्षमा ४ रुपैयाँ ४२ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी गत वर्ष बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको हाे । नाफा बढेपछि प्रतिशेयर आम्दानी पनि बढेको जनाइएकाे छ। खुद नाफा २४०.९१ प्रतिशतले बढेर ८ करोड ४९ लाख रुपैयाँ भएकाे छ।
खुद ब्याज आम्दानी ७३.७५ प्रतिशतले बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी पनि ११२.३६ प्रतिशतले बढेको छ। कुल सञ्चालन मुनाफा ७४.६१ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा २३७.९४ प्रतिशतले बढ्दा इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट घटेर ५० लाख रुपैयाँ कायम भएकाे छ।
संस्थाकाे चुक्ता पूँजी ६२ करोड ९० लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा २२ करोड २४ लाख रुपैयाँ रहेकाे छ। प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ३७ पैसा छ । जसकाे मूल्य आम्दानी रेसियाे ७० गुणा छ। लघुवित्तले ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने सापटीबाट ५ अर्ब ४९ करोड रुपैयाँ कर्जामा लगानी गरेको जनाइएकाे छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




