
काठमाडौं, २३ साउन । सिद्धार्थ बैंककाे नाफामा २२० प्रतिशतले बृद्धि भएकाे छ । बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा अघिल्लो वर्षकोभन्दा ३ गुणा बढेकाे छ । साे रकम २२० प्रतिशतले बढेकाे रकम अर्थात १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
बैंकले डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएकाे थियाे । बैंककाे अब १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आधार बनेकाे छ।
अघिल्लो वर्षको सोही अवधिमा वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ थियो। बैंकको समग्र मुनाफा १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड भएकाे पुगेको छ। अघिल्लो आर्थिकमा याे नाफा ३ अर्ब ८ करोड थियो।
ब्याज आम्दानी ८ अर्ब ४४ करोड भएकाे छ । अघिल्लो वर्षकोभन्दा ६.४३ प्रतिशतले बढेकाे छ । सेवा शुल्क तथा अन्य आम्दानी १५.०९ प्रतिशतले बढेकाे छ । जाे बढेर १ अर्ब ६४ करोड रुपैयाँ भएकाे छ। सञ्चालन आम्दानी ११.८२ प्रतिशतले बढेकाे छ । कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ कायमभ भएकाे छ।
बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब रुपैयाँ भएकाे छ । कर्जा लगानीमा ९.७६ प्रतिशतले वृद्धि भएर २ खर्ब १४ अर्ब रुपैयाँ रहेकाे छ।
बैंकको निक्षेप संकलनमा ३८ अर्ब ९९ करोड रहेकाे छ भने कर्जामा १९ अर्ब ७ करोड रुपैयाँको वार्षिक वृद्धि रहेकाे छ। सिद्धार्थ बैंककाे चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ छ। यसकाे जगेडामा १६ अर्ब ९० करोड रुपैयाँ छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




