सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र १ गते २०८२ मा प्रकाशित



काठमाडौं, १ भदाै । सागर डिष्टिलरीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागिबिक्रीमा ल्याएकाे शेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साउन २८ गतेदेखि शेयर निष्काशन गरेकाे थियाे ।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुने आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर खुलाएकाे हाे । यसबाट १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको १ लाख ४५ हजार २०० कित्ता शेयर वैदेशिक राेजगारमा रहेका नेपालीहरुका लागि बिक्रीमा ल्याएकाे हाे ।

शेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ताका लागि आवेदन दिन पाउने छन् । बढीमा ७ हजार कित्ताका लागि आवेदन दिन सिकने भएकाे छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट अनुमति लिएका सि आस्बा सेवाका सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट तथा मेराे शेयर अनलाइनबाट पनि आवेदन दिन सक्ने भएका छन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।