कामना सेवा विकास बैक र लेमन ट्रि प्रिमियर बीच छुट सम्झौता

-



     सफल आवाज    
     भाद्र ४ गते २०८२ मा प्रकाशित



काठमाडौ,४ भदौ । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठकाे लेमन ट्रि प्रिमियरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पा मा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।