सरकारले दियाे भारतमा उत्पादन गरेकाे ‘कोभिसिल्ड’ खोपलाई अनुमति

- याे नेपालमा पहिलो पटक दिइएकाे कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति हाे

-



     सफल आवाज    
     माघ २ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २ माघ । सरकारले कोभिड–१९ विरुद्धको आपतकालिन खोप प्रयोगका लागि नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपतकालिन प्रयोग गर्न अनुमति दिएको हो।

विभागको आज बसेको बैठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । उनका अनुसार सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो । सिरम इन्ष्टिच्यूट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ ।

७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको याे खोप भोलिबाट भारतले अाफना नागरिकलाई लगाउने तयारी गरेको जनाएको छ ।