
लिस्बन (पोर्चुगल), ९ भदौ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा आयोजित कार्यक्रममा पूर्व कार्यकारी निर्देशक घिसिङले सबै समस्या नेतृत्व तहसँग जोडिने भएकाेले समग्र विकासका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने जिकिर गरे ।
“सही व्यक्ति सही ठाउँमा भए सबै कुरा सही नै हुन्छ । नेपालमा यस्तो नहुँदा समस्या देखिएको हो”, उनले भने, “नेपालमा केही भएको छैन भन्ने होइन, परिवर्तन भएको छ । सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा परिवर्तन भएको छ ।” राम्रो गरौँ भनेर आएकाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा पूर्व कार्यकारी निर्देशक घिसिङले जोड दिए।
रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेश पलायन भइरहेकामा चिन्ता व्यक्त गर्दै उनले यसलाई रोक्न गम्भीर हुनुपर्ने बताए। नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो टेवा पु¥याएको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीकोे देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको बताए।
गैर आवासीय नेपालीको नागरिकताको समस्या सम्बोधन गर्नुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्नेमा पूर्व कार्यकारी निर्देशक घिसिङले जोड दिए।
कार्यक्रममा महासङ्घका अध्यक्ष चोपकुमार रानामगर, महासङ्घका सल्लाहकार सोमफुरी शेर्पा, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, महासङ्घका वरिष्ठ उपाध्यक्ष सोनाम योञ्जनलगायतले आ–आफ्नो धारणा राखेका थिए। सो अवसरमा घिसिङलाई नागरिक अभिनन्दन गरिएको थियो ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




