माछापुच्छ्रे बैंकद्वारा ८ प्रतिशत लाभांश घाेषणा

-



     सफल आवाज    
     भाद्र १४ गते २०८२ मा प्रकाशित



काठमाडौं, १४ भदाै । माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । बैंककाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीहरुका लागि ८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

साे प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंककाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि सेयरधनीलाई वितरण गरिने भएकाे छ । यसमा ४ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयरसहित ८ प्रतिशत लाभांश वितरण गरिने भएकाे छ ।

माछापुच्छ्रे बैंक यसपटक लाभांश घोषणा गर्ने पहिलाे बाणिज्य बैंक बनेकाे छ ।