
काठमाडौं, १५ भदौ । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आज पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तरको ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार नेपाली बजारमा छापावाला सुन प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ उचाई बनाउँदै बढेको हो ।
यस दिन चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा ६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । आईतबारको बजारमा चाँदी दुई हजार ४२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




