
पोखरा, १५ भदाै। उद्योग स्थापनाको १७ औं वर्ष प्रवेशको अवसरमा पोखरा १ बागबजारमा रहेको स्वस्तिक हस्तकला उद्योगमा सञ्चालन गरिएको पाँच दिने मैनबत्ती बनाउने तालिम आईतबार समापन भएको छ ।
स्वस्तिक हस्तकला उद्योग र कास्की पोखरा हस्तकला संघको आयोजना, तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्की र लायन्स क्लव अफ पोखरा बाराहीको सहकार्यमा आयोजना गरिएको तालिम समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले नयाँ संरचनामा काम गरिरहँदा महिलाका लागि केहि न केहि हदसम्म संवोधन गर्न सकिने ठाउँ रहेको बताईन् ।
राजनीतिक स्थान लिनका लागि प्रमुख वा उपप्रमुख भन्याछ, दुईजना महिला सदस्य अनिवार्य भनिएको छ । तर देशभरका ७५३ वटै पालिकाका आकडालाई हेर्ने हो भने त्यो संख्या निकै कम हो पुरुषको दाँजोमा । यसका पछाडीको कारण भनेको मैले देखेको आर्थिक बसवलिकरण नै हो ।

जबसम्म महिलाहरु आर्थिक रुपमा मजबुत हुँदैनन् तबसम्म आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक हरेक क्षेत्रमा पछि पर्छन् । अब महिलाहरु पनि हर क्षेत्रमा नेतृत्वका लागि अग्रसर हुनुपर्ने र चाहेको ठाउँमा पुग्नका लागि आर्थिक पाटोलाई बलियो बनाउन सिपमूलक तालिम लिने, उद्यमशिल बन्ने, तालिम लिएर व्यवहारिक रुपमा उत्पादनमा जोड दिने, बस्तुको उत्पादन गरेर चिटिच्याट्ट पारेर प्याकेजिङमा ध्यान दिन आवश्यक भएको बताईन् ।
निकट भविष्यमा महानगरले पोखरा ९ मा बनाईरहेको कोशेली घर उद्यमीहरुको घरको रुपमा रहने बताउदै त्यहाँ लगेर हस्तकलाका हरेक सामग्रीको बजारिकरण हुनेमा विश्वस्त रहेको बताईन् । सो अवसरमा उपप्रमुख गुरुङले महानगरले उपमेयरसंग महिला कार्यक्रम ल्याईरहेकोले उद्यमशिल बन्न चाहने दिदिबहिनीहरुलाई आफ्ना सोंच, कार्ययोजना लिएर आउन आग्रह गर्दै त्यसको लागि ढोका खुल्लै रहेको बताईन् ।

विशेष अतिथि माछापुच्छ्रे गाउँपालिकाकी उपप्रमुख सीता अधिकारीले महिलालाई उद्यमशिल बनाउन आफु पनि लागिरहेको बताउँदै मैनबत्ति बनाउने लगायतका अन्य आवश्यक तालिम संञ्चालन गर्ने उत्साह जागेको बताईन् ।
घरेलु तथा साना उद्योग महासंघकी केन्द्रीय सदस्य गीता तिवारीले हातमा सिप भएको मान्छे आत्मनिर्भर बन्नसक्ने भएकोले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।
सो अवसरमा पत्रकार आरजू विष्ट सल्यानी, महिला उद्यमी संघका अध्यक्ष सरु वराल, प्रशिक्षक ऐनशोभा गुरुङ, प्रशिक्षार्थी इन्दु भण्डारी लगायतले ससानो कुनैपनि सिप सिकेको खण्डमा भोकै बस्न नपर्ने बरु आर्थिक सबलिकरणको बाटोमा हिड्न उत्प्रेरित हुने मौका मिल्ने बताए ।
कार्यक्रममा पाेखरा उद्याेग वाणिज्य संघबाट शनिबार पुरस्कृत भएका आरजू विष्ट सल्यानीलाई प्रमुख अतिथि उपमेयर मञ्जुदेवी गुरुङले खादा लगाएर सम्मान गरिन् । यस्तै महिला उद्यमी संघकाे प्रदेश किमिटिमा जान लागेकी सरु वराललाई वधाइ ज्ञापन गर्दै सम्मान गरिएकाे थियाे ।
महिलाहरुलाई आत्मनिर्भर बनाउन, आफ्नो खुट्टामा उभिन, आर्थिक गतिविधि जोड्दै समाजमा स्थापित गराउन उद्योगले तालिमको आयोजना गरेको स्वस्तिक हस्तकलाकी प्रमुख तथा कास्की पोखरा हस्तकला संघकी अध्यक्ष सीता गुरुङले बताईन् ।
आज १७ औं वर्ष प्रवेश गर्दैगर्दा गाउँगाउँ र शहरमा तालिम दिएर प्रशिक्षक उत्पादन भईसकेका, उद्यमी भईसकेका उदाहरण प्रस्तुत गर्दै गुरुङले हिम्मत नहारीकन लगनशिल भएर महिलाले अब आर्थिक सबलिकरणका लागि कुनैपनि सिप सिक्न जरुरी भएको बताईन् । तपाँइहरु आउनुस् म सघाउछु उनले भनिन् ।
यसअघि कार्यक्रममा सहभागिहरुलाई तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष लक्ष्मी गुरुले स्वागत गरेकी थिईन । संघकी सचिव पम्फा थापाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता स्वस्तिक हस्तकला उद्योगकी प्रमुख तथा संघकी अध्यक्ष सीता गुरुको अध्यक्षतामा भएको थियाे।











पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




