
काठमाडौं, २२ भदाै । आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेले भदौ १८ गतेदेखि निष्काशन गरेको आरबिबि फोकस ४० को इकाईकाे बिक्रीका लागि अवधि थपिएकाे छ ।
यसका लागि अब असोज १ गतेसम्म आवेदन दिन पाइने भएको छ। आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष हाे ।
प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड आरबिबि फोकस ४० को इकाई बिक्रीमा ल्याइएकाे हाे । यसमा घटीमा १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबर्द्धककाे रुपमा रहेकाे राष्ट्रिय वाणिज्य बैंकका लागि रहेकाे छ ।
घटीमा १० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित राखिएकाे छ भने सर्वसाधारणले ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्।
यस योजनामा घटीमा १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाइनेछ। लगाीकर्ताले भदौ २२ गते आजसम्म आवेदन दिन पाउनेछन्। पूरा इकाई बिक्री नभएमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ।
याेजनाकाे अवधि १२ वर्ष रहेकाे छ । लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र ताेकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ।








काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




