
काठमाडौं, २० भदाै । झापा इनर्जीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरिसकेकाे छ ।
पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बाँडफाँट गरिएकाे थियाे । ५७ हजार २९ कित्ता विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिएकाे थियाे ।
यस चरणमा कम्पनीले सामूहिक लगानी कोषहरुका लागि २८ हजार ५१४ कित्ता छुट्याएकाे छ । कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्याएर सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे ४ लाख ७३ हजार ३३६ कित्ता शेयर खुलाएकाे हाे ।
लगानीकर्ताले शेयरमा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ । साे अवधिमा पूरा आवेदन नपरेमा असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ।
शेयरमा लगानीका लागि लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




