
मस्को, २० भदौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि युक्रेनमा तैनाथ हुने कुनै पनि विदेशी सेनालाई मस्कोको फौजले ‘वैध लक्ष्य’ मान्ने चेतावनी दिएका छन् । युरोपेली नेताहरूले सम्भावित शान्ति रक्षा बलप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको केही घण्टापछि आएको यस अभिव्यक्तिले पुनः तनाव बढाएको छ ।
“यदि त्यहाँ कुनै सेना देखापर्यो भने, विशेष गरी अहिले युद्ध जारी रहँदा, हामी मान्छौँ कि तिनीहरू वैध लक्ष्य हुनेछन्”, पुटिनले सुदूर पूर्वी रूसी सहर भ्लाडिभोस्टकमा आयोजित पूर्वी आर्थिक फोरमको प्यानलमा भने। पुटिनले अन्तिम शान्ति सम्झौता सम्पन्न भएपछि मात्र युक्रेनमा शान्ति सेना राख्ने विचार स्वीकार्य हुने बताए।
उहाँले मस्कोले युक्रेनमाथि जारी साढे तीन वर्ष लामो आक्रमण अन्त्य गर्ने सम्झौतामा पालना गर्ने विषयमा ‘कसैलाई शङ्का नहोस्’ भने। साथै, उनले रुस र युक्रेन दुवैका लागि विश्वसनीय सुरक्षा ग्यारेन्टी आवश्यक हुनेमा जोड दिए। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनका २६ सहयोगीहरूले युद्ध समाप्त भएपछि ‘आश्वासन बल’ का रूपमा सेना तैनाथ गर्ने वा भूमि, समुद्र तथा हावामा उपस्थिति कायम राख्ने वाचा गरेको जानकारी दिए।
उहाँले पेरिसमा युक्रेनलाई समर्थन गर्ने ३५ देशको गठबन्धन बैठकपछि उक्त घोषणा गरे। रूसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेको थियो । उक्त आक्रमणअघि करिब आठ वर्षअघि उसले युक्रेनको क्रिमियन प्रायद्वीप अवैध रूपमा कब्जा गरेको थियो । मस्कोले युक्रेनमा नाटो सेनाको उपस्थितिलाई बारम्बार अस्वीकार्य बताउँदै शान्ति रक्षा बलको हिस्सा बन्ने कुनै पनि प्रयासलाई खारेज गरेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




