शिकागोमाथि ‘युद्ध’ चेतावनी, ट्रम्पको कारबाही धम्की

-



     सफल आवाज    
     भाद्र २२ गते २०८२ मा प्रकाशित



वासिङ्टन, २२ भदौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार शिकागोमा आफ्नो नयाँ नामकरण गरिएको ‘डिपार्टमेन्ट अफ वार’ (युद्ध मन्त्रालय) लागू गर्ने धम्की दिएका छन्।

डेमोक्रेटिक नेतृत्वमा रहेका अमेरिकी सहरहरूमा सेना तैनाथ गर्ने उनको दबाबका कारण तनाव झन् बढेको छ । यो कदम वासिङ्टनमा भएको अपरेसनको पुनरावृत्ति जस्तै हो, जहाँ ट्रम्पले नेसनल गार्ड सेना तैनाथ गरेका थिए र सङ्घीय एजेन्टहरूको सङ्ख्या बढाएका थिए ।

यसलाई लिएर शनिबार राजधानीमा नयाँ विरोध प्रदर्शन भई हजारौँ मानिस सडकमा ओर्लिएका थिए । “शिकागोले छिट्टै थाहा पाउनेछ कि यसलाई युद्ध मन्त्रालय किन भनिन्छ”, ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा लेखे। “संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले अमेरिकी सहरसँग युद्ध गर्ने धम्की दिए।

यो सामान्य होइन, यो मजाक पनि होइन”, इलिनोइसका डेमोक्रेटिक गभर्नर जेबी प्रिट्जकरले उक्त पोस्टप्रति आक्रोश प्रकट गर्दै भने, “इलिनोइस कुनै तानाशाहबाट डराउने छैन ।”