सिटि होटलको ८० प्रतिशत हकप्रदमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     असाेज २६ गते २०८२ मा प्रकाशित



काठमाडौं, २६ असाेज । सिटि होटलले भदौ २३ गतेदेखि निष्काशन गरेको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।

कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद खुलाएकाे हाे । हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता रेसियाेमा हकप्रद खुलाएकाे हाे । अर्थात कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ३३ लाख ९२ हजार कित्ता निष्काशन गरेकाे हाे ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि साउन २७ गते बुकक्लोज गरिएकाे थियो। हकप्रदमा लगानीका लागि लगानीकर्ताले साउन २६ गतेसम्म नेप्सेमा कारोबार गरेर कायम भएकाे हुनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै सेबाेनबाट अनुमति लिएका सि आस्बा रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्ने भएकाे छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।