
बेइजिङ, ३० भदौ । चीनको रोजगारी बजार अगस्ट महिनामा समग्र रूपमा स्थिर देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) का अनुसार, अगस्टमा शहरी बेरोजगारी दर ५.३ प्रतिशत पुगेको छ, जुन जुलाईको तुलनामा ०.१ प्रतिशतले बढी हो ।
सन् २०२५ को पहिलो आठ महिनामा चीनको औसत शहरी बेरोजगारी दर ५.२ प्रतिशत रहेको ब्युरोले जनाएको छ । अगस्टमा देखिएको बेरोजगारीको सामान्य वृद्धि मौसमी कारणले भएको र यो दर अघिल्लो वर्षको सोही अवधिसँग मिल्दोजुल्दो रहेको एनबीएसले स्पष्ट पारेको छ ।
रोजगारीमा ग्रामीण क्षेत्रका आप्रवासी श्रमिकहरूमा पनि स्थिति स्थिर रहेको देखिएको छ । उहाँहरूको बेरोजगारी दर अगस्टमा ४.७ प्रतिशत मात्र रहेको छ, जुन राष्ट्रिय औसतभन्दा कम हो । चीनले सन् २०२५ सम्ममा शहरी बेरोजगारी दर ५.५ प्रतिशत भित्र सीमित राख्ने लक्ष्य लिएको छ । साथै, यस वर्ष १२ लाखभन्दा बढी नयाँ शहरी रोजगारी सिर्जना गर्ने योजनासमेत अघि सारेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




