
Trump Britain Royals
लन्डन, ३१ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन्। बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी राखेको छैन ।
युक्रेन र मध्यपूर्वमा युद्ध जारी रहेका बेला तथा प्रमुख अर्थतन्त्रहरू अमेरिकी करसँग जुझिरहेका सन्दर्भमा बेलायतले राजतन्त्रको भव्य प्रदर्शनमार्फत ट्रम्पलाई आफ्नो पक्षमा राख्न सक्ने आशा लिएको छ । तर यौन अपराधी जेफ्री एपस्टेनसम्बन्धी विवाद र अभिव्यक्ति स्वतन्त्रता युद्धले प्रधानमन्त्री किर स्टार्मर र ट्रम्पबीचको बैठकमा असहज क्षण ल्याउन सक्छ ।
शाही परिवारप्रति आकर्षण राख्दै आएका ट्रम्पलाई राजा चार्ल्स तृतीयसँग गाडीको जुलुस र विन्डसर क्यासलमा आयोजित भव्य राजकीय भोजमार्फत स्वागत गरिनेछ । उनलाई लन्डन बाहिर राखिनेछ । त्यहाँ ७९ वर्षीय रिपब्लिकन राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो प्रदर्शन आह्वान गरिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




