क्यानाडा र मेक्सिको ‘निष्पक्ष’ व्यापार सम्झौतामा अडिग,

-



     सफल आवाज    
     असाेज ३ गते २०८२ मा प्रकाशित



मेक्सिको सिटी, ३ असोज । क्यानाडा र मेक्सिकोका नेताहरू संयुक्त राज्य अमेरिकासँगको त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए) को संरक्षण गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको कर दबाबबीच यसलाई ‘निष्पक्ष’ बनाउन सहमत भएका छन् ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँगको वार्तापछि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युएसएमसिएप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै यसले ‘उत्तर अमेरिकालाई विश्वको आर्थिक ईर्ष्या’ बनाएको बताए। सेनबामले सम्झौताको भविष्यबारे आशावादी रहेको बताए।

“युएसएमसिए विजयी हुनेछ भन्नेमा मलाई विश्वास छ”, उनले संयुक्त पत्रकार सम्मेलनमा भने। सन् २०२० देखि लागू भएको सम्झौता अर्को वर्ष समीक्षाका लागि तयार छ । मेक्सिको र क्यानाडा दुवैको अर्थतन्त्रका लागि यो महत्त्वपूर्ण मानिन्छ, किनभने उनीहरूको निर्यात क्रमशः ८० प्रतिशत र ७५ प्रतिशत संयुक्त राज्य अमेरिकातर्फ जान्छ ।

तर, ट्रम्पले सम्झौताबाहिरका क्यानाडा र मेक्सिकाली निर्यातमा क्रमशः ३५ र २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । यी नीतिले क्यानाडाको अटो, स्टिल र एल्युमिनियम उद्योगमा रोजगारी गुम्ने अवस्था ल्याएको छ भने मेक्सिकोको अटो र स्टिल उद्योगमा पनि असर पारेको छ ।