तरलता बढेपछि रु ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     असाेज ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ असाेज । नेपाल राष्ट्र बैंकले आज ७० अर्ब निक्षेप खिच्दैछ । तरलता धेरै कायम भएकाेले साे रकम बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको जनाएकाे छ।

राष्ट्र बैंकका अनुसार हाल कुल निक्षेप ७२ खर्बभन्दा धेरै भएकाे छ । बैंकले वित्तीय प्रणालीमा भएकाे अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधाबाट तरलता खिच्दै आएको जनाएकाे छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त गरेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन सक्नेछन् । यसमा बोलकबाेल गरेकाे ब्याजदरमा सबैभन्दा कम दर बोलकबाेल गरेकाे रकमलाइ प्राथमिकता क्रममा राखेर आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँड गरिने भएकाे छ ।

राष्ट्र बैंकले निक्षेप चुलिँएकाे कारण अनलाइनबाट बोलकबोल गर्न लागेकाे जनाएकाे छ । यसकाे ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ । जसकाे साँवा र ब्याज २०८२ असोज १२ गते भुक्तानी हुनेछ । बोलकबाेलकाे न्युनतम रकम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएकाे रकमसम्म हुने जनाइएकाे छ ।

नीतिगत व्यवस्था अनुसार राष्ट्र बैंकले बेला बेलामा निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।