
काठमाडौं १० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन गरिएकाे छ।
नेप्सेले बिहीबार भएकाे अन्तिम काराेबार मूल्यकाे आधारमा शेयरमूल्य समायोजन गरेको जनाएकाे छ । हिाजाे कम्पनीको शेयर प्रतिकित्ता २९३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।
कम्पनीका अनुसार साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि असोज १२ गतेदेखि बुकक्लोज गरिदैछ। असोज ९ गते बुकक्लोज गरिएकाे मितिकाे अन्तिम कारोबार भएकाे दिन हो। शेयरधनीहरुले उक्त दिनसम्म शेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन पाउन याेग्य हुनेछन् । साथै लाभांश पाउनका लागि याेग्य मानिनेछन्।
नेप्सेले नेपाल ल्यूब आयलको २० प्रतिशत बोनस शेयर समायोजन गरेको छ । शेयरमूल्य समायोजन गरेपछि शेयरमूल्य २४४ रुपैयाँ ३३ पैसा कायम भएको छ। बिहिबार कायम अन्तिम मूल्यकाे आधारमा शेयरमूल्य समायोजन गरिएकाे हाे । हिजाे कम्पनीको शेयर प्रतिकित्ता २९३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्नेछ। उक्त शेयर वितरणको प्रस्ताव अनुमाेदनका लागि ३४ औँ साधारण सभा असोज ३१ गते, द प्लाजा, पुल्चोक, ललितपुरमा पूर्वान्ह साढे ११ बजे डाकिएकाे छ ।
सभाबाट बोनस शेयरको कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने र साे रकम उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारणबाट सञ्चालकहरुको चयन लगायतका प्रस्तावहरु अनुमाेदन हुनेछन्।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




