श्रीनगर एग्रीटेककाे आईपीओ असोज २६ गतेदेखि आउदै

-



     सफल आवाज    
     असाेज १२ गते २०८२ मा प्रकाशित


Businessman presses button ipo Initial Public Offering diagram online network


काठमाडौं, १२ असाेज । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले असोज २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर जारी सकेकाे छ ।

कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि जारी भएकाे थियाे । ३ लाख ९ हजार ९३८ कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड भइसिकेकाे छ ।

कम्पनीले १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि तथा १ लाख २३ हजार ९७५ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिसकेको छ।

यस दोस्रो चरणमा सर्वसाधारणका लागि २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर खुलाइने भएकाे हाे ।

लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। शेयरमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ । साे अवधिमा पूरा आवेदन नपरेमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।