
काठमाडौं, २० असोज । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्नाे दिन साेमबार नेपाी बजारमा सुनचाँदीकाे भाउमा बृद्धि भएर नयाँ उचाइ कायम गरेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ २ हजार ५ सयले बढेकाे जनाएकाे छ । चाँदीमा रुपैयाँ ३० ले बढेकाे जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसदिन सुनले आईतबार कायम भएकाे रेकर्डलाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो ।
चाँदीको भाउले पनि नयाँ उचाई बनाएको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी ताेलाकाे २ हजार ९ सय ३० रुपैयामा काराेबार भएकाे थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




