मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज २१ गते २०८२ मा प्रकाशित



काठमाडौं, २१ असोज । मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार असोज २२ गते बुकक्लोज गर्ने जानकारी दिएकाे छ ।

शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर काराेबार गरेर साधारण सभामा सहभागिता जनाउन सकिने भएकाे छ । साथै फाइनान्सले वितरण गर्ने लाभांश पाउनका लागि याेग्य मानिनेछन्।

फाइनान्सका अनुसार असोज ३१ गते शुक्रबार नयाँ बानेश्वरमा रहेकाे थापागाउँ ब्याङ्केट नयाँ बानेश्वरमा १८ औँ साधारण सभा डाकिएकाे छ। साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।

सभाबाट १५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई जिम्मेवारी, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ ।