हिमपातले न्यालु सडक बन्द, पर्यटक अलपत्र

-



     सफल आवाज    
     असाेज २४ गते २०८२ मा प्रकाशित



सिमकोट (हुम्ला), २४ असोज। सिमकोट (हुम्ला), २४ असोज। अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ ।

नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् ।

सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ ।

सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उनले बताए। समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ । हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन् ।