
Opponents of Peruvian President Dina Boluarte protest outside of the Ecuadorian Embassy in Lima, Peru, Thursday, Oct. 9, 2025. (AP Photo/Martin Mejia)
लिमा, २४ असोज । दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराधको लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरुको कङ्ग्रेसले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ । सांसदहरूले सरकार अपराध नियन्त्रण गर्न असफल भएको भन्दै बोलुआर्तेलाई हटाउनका लागि प्रस्तुत चारवटा अलग–अलग प्रस्तावलाई अनुमोदन गरेका थिए ।
एक सय ३० सदस्यीय एकसदनीय कङ्ग्रेसमा प्रत्येक प्रस्तावले आवश्यक न्यूनतम ५६ मतभन्दा बढी प्राप्त गरेपछि राष्ट्रपति पदमाथि बहस र महाभियोग प्रक्रियाको बाटो खुलेको थियो । त्यसपछि सांसदहरूले राष्ट्रपति बोलुआर्तेलाई आफ्नो पक्षमा बचाउ गर्न मध्यरातअघि उपस्थित हुन औपचारिक अनुरोध गरे ।
अन्ततः १२४ सांसदले महाभियोगको पक्षमा मतदान गरे । यो निर्णय राजधानी लिमामा आयोजित एक लोकप्रिय कन्सर्टमा गोली चल्दा पाँच जना घाइते भएपछि आएको हो । सो घटनाले देशभर अपराध नियन्त्रणमा सरकारको अक्षमताप्रति जनआक्रोश तीव्र बनाएको थियो । यसअघि बोलुआर्तेलाई हटाउन गरिएका आठवटा प्रयास असफल भएका थिए, तर यस पटक करिब सबै दलले महाभियोगको पक्षमा समर्थन जनाए ।
संविधानअनुसार राष्ट्रपति हटाउन ८७ मत आवश्यक पर्छ — यही प्रावधान प्रयोग गरेर सन् २०२२ डिसेम्बरमा उहाँका पूर्ववर्तीलाई पनि संसदले पदच्युत गरेको थियो । राष्ट्रपति बोलुआर्ते हाल बढ्दो अपराध, विशेष गरी हत्या र जबरजस्ती असुलीको घटनाले त्रस्त देशमा नियन्त्रण स्थापित गर्न सङ्घर्षरत थिए। बुधबार मात्रै उहाँले अपराध वृद्धिको एक कारणका रूपमा अवैध आप्रवासनलाई दोष दिएका थिए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




