
काठमाडौं, ५ माघ । नेपालमा पनि बेलायतमा देखिएको जस्तो नयाँ प्रजातिको भाइरस देखिएको छ । बेलायतबाट नेपाल आएका तीनजना नेपालीमा नयाँ ‘भेरियन्ट’ भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बेलायतबाट केही दिनअघि नेपाल आएकाहरुलाई निगरामीमा राखिएको र फर्किएकाहरुमध्ये ६ वटा नमूनाहरुमा सार्स कोभ दुई परिक्षणको नतिजा परिक्षण गर्दा ३ वटा नमूनामा एस जीन तार्गेट नेगेटिभ देखिएको थियो । उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भए नभएको बारेमा पुष्टि गर्नको लागि पुस २७ मा नमूना हङकङ पठाईएकोमा आज प्राप्त रिपोर्टमा ३ जनामा उक्त नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमा २८ वर्षिष्या महिला, ३२ वर्षिय पुरुषको हाल आरटी पीसीआर नेगेटिभ आईसकेको छ । ६७ वर्षका पुरुषको पोजेटिभ नै रहेको छ । तर उनमा लक्षण भने देखिएको छैन ।
यसैबीच, मन्त्रालयले रोगको रोकथामको लागि नेपालमा खोप उपलव्ध नभएसम्म सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । यसअघि सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डलाई पालना गर्न प्रवक्ता डा.जागेश्वर गाैतमले आग्रह गरेका छन् ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




