कामना सेवाको १९ औं साधारणसभा सम्पन्न, १५.७८९५ प्रतिशत लाभांश पारित

-



     सफल आवाज    
     असाेज २४ गते २०८२ मा प्रकाशित



काठमाडौं, २४ असोज । कामना सेवा विकास बैंकको आज काठमाडौंमा सम्पन्न १९ औं वार्षिक साधारणसभाले १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले १० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभासं (करसमेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको हो ।

साधारणसभाले लेखा परीक्षकको प्रतिवेदन, आ.व.२०८१.८२ को वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायतका प्रस्तावह सर्वसम्मतीले पारित गरेको छ ।

सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मालार्ई सञ्चालकमा निर्विरोध निर्वाचित गरिएको छ ।

सभाले आ.व. २०८२÷०८३ को लागि लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा सेयरधनीहरुले रखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रुपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो बनाई प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।