ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश दिने

-



     सफल आवाज    
     असाेज २६ गते २०८२ मा प्रकाशित



काठमाडौं, २६ असाेज । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुका लागि नगद लाभांश घोषणा गरेको हाे ।

बैंकका अनुसार हाल कायम भएकाे चुक्ता पूँजीको ८ प्रतिशतकाे दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने भएकाे छ।