इरानले गाजा सम्झौताका लागि हुने शिखर सम्मेलनमा भाग नलिने-अब्बास

-



     सफल आवाज    
     असाेज २७ गते २०८२ मा प्रकाशित



तेहरान, १७ असोज । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले सोमबार गाजा युद्ध अन्त्य गर्न इजिप्टको शर्म अल–शेखमा सोमबार हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा तेहरानले भाग नलिने बताएका छन् ।

कूटनीतिक संलग्नताको पक्षमा हुँदा, पनि राष्ट्रपति र इरानी जनतालाई आक्रमण गर्ने धम्की र प्रतिबन्ध जारी राख्ने समकक्षहरूसँग संलग्न हुन नसक्ने अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत जनाए।

यद्देपी इरानले गाजामा इजरायलको “नरसंहार“ अन्त्य गर्ने र इजरायली सेनाको निष्कासन सुनिश्चित गर्ने सबै पहललाई स्वागत गर्ने उनले बताए।

अराघचीले प्यालेस्टिनीहरू “आत्मनिर्णयको मौलिक अधिकार सुरक्षित गर्न पूर्ण रूपमा हकदार भएको जनाउदै सबै राज्यहरूले उनीहरूलाई यस विषयमा सहयोग गर्नु पर्ने बताए।

उनले इरान सधैं यस क्षेत्रको शान्तिका लागि एक “महत्वपूर्ण पक्षधर भएको उल्लेख गर्दै इजरायलको विपरीत, इरानले “सदाका लागि युद्ध“ नभइ स्थायी शान्ति, समृद्धि र सहयोग चाहने बताए। शर्म अल–शेखमा सोमबार हुने शिखर सम्मेलनमा २० भन्दा बढी देशका नेताहरूले भाग लिने कार्यक्रम तय भएको जनाइएको छ ।