
काठमाडौं, ३१ असोज । मुक्तिनाथ विकास बैंकको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनकाे लागि बैंकले बुकक्लोज गरेपछि शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे नेप्सेले जनाएकाे छ ।
नेप्सेले बैंकको १३.५३ प्रतिशत बोनस शेयर समायोजन गरेको जनाएकाे छ । मूल्य समायोजन गरेपछि नयाँ मूल्य ३८३ रुपैयाँ ६० पैसा कायम गरिएकाे छ।
याे मूल्य अघिल्लो दिनको काराेबारकाे आधारमा समायोजन गरिए हो। बिहीबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ४३५ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।
अब आइतबार समायोजन गरिएकाे मूल्यकाे आधारमा दोस्रो बजारमा शेयर कारोबार हुनेछ। बैंककाे १९ औं साधारण सभा कात्तिक १५ गते होटल पोखरा ग्राण्ड, पार्दी, विरौटामा बिहान १० बजे डाकिएकाे छ ।
सभाबाट १३.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ। सभामा बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रस्ताव पेश हुनेछ । प्रबन्धपत्र तथा नियमावलीकाे संशोधन, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाकाे मर्जरकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




