
Thuingaleng Muivah, leader of the National Socialist Council of Nagaland (Isak-Muivah), is welcomed in Ukhrul, in the northeastern Indian state of Manipur, Wednesday, Oct. 22, 2025. (AP Photo/Anupam Nath)
उखरुल (भारत), ६ कात्तिक । करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ । ९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोशाकमा स्वागतका लागि उपस्थित थिए ।
पुरुषहरूले भाला र ढाल बोकेका थिए भने महिलाहरूले पङ्खले सजिएको हेडगियर र रङ्गीन पोशाकमा सांस्कृतिक नृत्य प्रस्तुत गरिरहेका थिए । विद्यालयका बालबालिकाहरूले इन्द्रेणी र सेतो ताराले सुसज्जित नीलो पृष्ठभूमिको नागा झण्डा फहराउँदै ‘स्वागत मुइवाह’ लेखिएका ब्यानरहरू बोकेका थिए । मुइवाह नागाल्यान्डको राष्ट्रिय समाजवादी परिषद्का संस्थापक नेतामध्ये एक हुन्।
परिषद्ले सन् १९५० को दशकमा भारतविरुद्ध स्वतन्त्र नागा राज्यको माग गर्दै विद्रोह सुरु गरेको थियो । सन् १९९७ मा भारत सरकार र मुइवाहको समूहबीच युद्धविराम भएको भए पनि छुट्टै झण्डा र संविधानको माग अझै समाधान हुन सकेको छैन । विगत केही वर्षदेखि मुइवाहले भारत सरकारसँग शान्ति वार्ताको नेतृत्व गर्दै आएका छन् । उनी सन् १९६४ मा आफ्नो गाउँ छोडी सशस्त्र आन्दोलनमा प्रवेश गरेका थिए। सन् १९७३ मा गृह प्रदेशको छोटो भ्रमण बाहेक आफ्नो गृहनगर फर्किएका थिएनन्।
सन् २०१० मा गर्न खोजिएको भ्रमण मणिपुर सरकारले प्रतिबन्ध लगाएपछि ठूलो हिंसात्मक प्रदर्शन भएको थियो, जसमा जनधनको क्षति भएको थियो । यसपटकको भ्रमणलाई स्थानीय नागरिकहरूले ऐतिहासिक क्षणका रूपमा लिएका छन् । धेरैले यसलाई दशकौँदेखि जारी वार्ता प्रक्रियालाई पुनः गति दिने सङ्केतका रूपमा पनि व्याख्या गरेका छन् ।
मुइवाहले संक्षिप्त सम्बोधन गर्दै भने, “मैले यो भूमिमा पुनः पाइला टेक्दा आफ्नो जनताको आत्मा र पहिचानलाई फेरि महसुस गरेको छु । हाम्रो सङ्घर्ष अझै समाप्त भएको छैन, तर हाम्रो लक्ष्य शान्तिपूर्ण भविष्य हो ।”








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




