
काठमाडौं, ९ कात्तिक । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुकक्लोज गर्ने जनाएकाे छ।
शेयरधनीहरुले कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएकाेले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य हुनेछन्।
कम्पनीकाे ३२ औँ साधारण सभा कात्तिक २५ गते द एभरेष्ट होटल, नयाँ बानेश्वरमा डाकिएकाे छ । सभा अपरान्ह साढे ४ बजे शुरु हुनेछ।
सभाले प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने तथा विविध प्रस्तावहरु पारित गर्नेछ।
सभाले संस्थापक शेयरधनीको नामकाे सिबक्रिम होल्डिङ्गस प्राइभेट लिमिटेडबाट आईजे ग्रुप होल्डिङ्गस प्राइभेट लिमिटेडमा परिवर्तन भएकोले नियमावली संशोधन गर्ने लागयतका प्रस्तावहरु अनुमाेदन गर्ने भएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




