
बोस्टन, अमेरिका, , ७ माघ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन मंगलबार दिउसो राजधानी वासिंङ्टन डिसी आइपुगेका छन् । बाइडेन आफ्नो परिवारसहित गृह राज्य डेलावरबाट दिउसो बिदाई भएका हुन् । बिदाई समारोहमा बाइडेनले भावुक सम्बोधन गरेका थिए ।
गत नोभेम्बर ३ को निर्वाचनमा राष्ट्रपतिका रुपमा चुनिएका पूर्वउपराष्ट्रपति बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिंदैछन् । बाइडेनसँगै अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसको उदय हुँदैछ ।
बाइडेन इतिहासकै अँध्यारो र गम्भिर क्षणमा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस छिर्न लागेको सिएनएनले लेखेको छ । अमेरिकाले एक वर्षयता कोरोना महामारीको सबैभन्दा कठोर अवस्था सामना गरिरहेको छ ।
यस्तै आफ्नो हार नस्वीकारेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तेजक व्यवहारका कारण दुई साताअघि क्यापिटल हिलमा हुलदंगा भएपछि अमेरिकाको समग्र भविष्यमाथि चिन्ता छाएको छ ।
गत नोभेम्बरको निर्वाचनमा कुल ५३८ इलेक्टोरल मतमध्ये बाइडेनले ३०६ र ट्रम्पले २३२ मत पाएका थिए ।








काठमाडौं, ८ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मङ्सिर…
कास्की, ८ मङ्सिर। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…
काठमाडौं, ८ मंसिर। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको…
महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु… 




