इलाका प्रहरी कार्यालय पकलीलाई एनएमबि लघुवित्तको सहयोग

-



     सफल आवाज    
     कार्तिक १८ गते २०८२ मा प्रकाशित



पोखरा , १८ कार्तिक। पोखरामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्दोलनका क्रममा क्षति पुगेको इलाका प्रहरी कार्यालय पकली सुनसरीलाई २ थान थ्री सिटर चियर सहयोग गरेको छ । बित्तिय संस्थाले सस्थागत सामाजिक उतरदायित्व अन्तरगत प्रादेशिक कार्यालय इटहरीको संयोजनमा सोमवार उक्त सामग्री हस्तान्तरण गरेको हो ।

जनताको सेवामा खटिने प्रहरी कार्यालयमा दैनिक सेवाग्राहीको भिड हुने र सेवाग्राही बस्न सहज होस् भनि संस्थाको तर्फबाट २ थान थ्री सिटर चियर सहयोग गरिएको एनएमबि लघुवित्त वित्तीय संस्थाले जनाएको छ।

बित्तीय संस्थाले सामाजिक उतरदायित्व अन्तरगत समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । उक्त क्षेत्रका जनतालाई एनएमबि लघुवित्तले बैकिगं सेवा समेत प्रदान गर्दे आई रहेको छ ।

कार्यक्रममा बित्तीय संस्थाका इटहरी प्रदेश प्रमुख सुरेश कार्की , क्षेत्रीय प्रवन्धक तिर्थराज राई , लबिपुर शाखाका शाखा प्रमुख धिरज कुमार झा, कर्मचारी रमेश खड्का र सुजता श्रेष्ठले सहभागिता जनाएका थिए ।