गुराँस लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी बढ्यो

-



     सफल आवाज    
     कार्तिक १९ गते २०८२ मा प्रकाशित



काठमाडौं, १९ कात्तिक । गुराँस लघुवित्त वित्तीय संस्थाकाे बढेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको हाे ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा लघुवित्तले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। जाे नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ४२.५७ प्रतिशतले धेरै हो। गत आर्थिक वर्ष साेहि अवधिकाे नाफँ १ करोड १ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानी ३६.७३ प्रतिशतले बढेको छ । खुद फि तथा कमिशन आम्दानी १७६.९२ प्रतिशतले, कुल सञ्चालन आम्दानी १६.०२ प्रतिशतले तथा सञ्चालन मुनाफा ३९.५४ प्रतिशतले बढेको छ। असोज महिनासम्म इम्पेरमेन्ट चार्ज ९ लाख ९२ हजार रुपैयाँ रिभर्स भएको जनाइएकाे छ। वितरणयोग्य मुनाफा ६४ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २२ रुपैयाँ १७ पैसा रहेको छ।

प्रतिशेयर आम्दानी १४ रुपेयाँ ९३ पैसा बढेर ५० रुपैयाँ २ पैसा भएकाे छ। प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे ३९.३० गुणा छ।

संस्थाकाे चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ छ । जगेडा कोषमा ८ करोड ३७ लाख रुपैयाँ रहेकाे छ भने पहिलो त्रैमासमा १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ निक्षेप उठाएकाे छ । सापटीबाट २ अर्ब ४ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।