माउन्ट अन्नपूर्णमा स्पोर्ट्स मिट आयोजना

-



     सफल आवाज    
     कार्तिक २१ गते २०८२ मा प्रकाशित



पोखरा, २१ कार्तिक । पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा स्पोर्ट्स मिटको आयोजना भएको छ ।

बिद्यालयमा रहेको गेम्स एण्ड स्र्पोट्स क्लबको आयोजनामा बिहिबार र शुक्रबार गरि २ दिन सम्म सञ्चालन भएको मिटमा कक्षा ११ र १२ का बिद्यार्थीहरुको सहभागिता रहेको बिद्यालयका प्रमुख प्रशासक चित्र गुरुङले बताए ।

स्पोर्ट्स मिटमा २ बिद्या अन्तरगर्त रहेर खेलहरु आयोजना भएका थिए जस अन्तरर्गत बास्केटबल छात्र,छात्रा र भलिबल छात्र,छात्राको समुहमा बिद्यार्थीको सहभागिता रहेको थियो। जस अन्तरर्गत बास्केट बल छात्र तर्फ टिम निलो पहिलो र टिम रातो दोस्रो भए, त्सस्तै गरि छात्रा तर्फ टिम पहेलो पहिलो र टिम रातो दोस्रो भए ।

त्यस्तै छात्र भलिबल तर्फ ११ बि पहिलो, १२ सि दोस्रो भए भने छात्रा भलिबल तर्फ,टिम रातो पहिलो र टिम पहेलो दोस्रो भए । बिद्यालयले बाकिँ रहेका केहि खेलहरु ब्याडमिन्टन,टेबल टेनिस र फुटसललाई केहि दिन पछि आयोजना गर्ने जनाएको छ ।

स्कुलको नियमित कार्यक्रम अन्तरर्गत रहेर खेलहरुको आयोजना गरिएको र बिद्यार्थीलाई किताबी ज्ञान सगैँ अतिरिक्त क्रियाकलापमा समावेश गर्न खेलहरु सञ्चालन गरिएको बिद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरुङले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष एड्रिना गुरुङ, सचिव एप्सन पुन, प्राचार्य सइन्द्रराज श्रेष्ठ, डाइरेक्टर झम गुरुङ, लेख प्रमुख लगाएतको सहभागिता रहेको थियो ।

माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र माउन्टेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ यो गण्डकी प्रदेकै निजि स्तरबाट सञ्चालित पहिलो बिद्यालय हो ।