
काठमाडौं, २४ कात्तिक । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले भोली कात्तिक २५ गते बुकक्लोज गर्ने बताएकाे छ ।
शेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार भइ कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।
लघुवित्तले बाह्रौँ वार्षिक साधारण सभा मंसिर १२ गते वेष्टर्न एशियन होटल प्रा.लि., बुटवलमा बिहान साढे ९ बजे शुरु बाेलाएकाे छ।
सभाबाट ८ प्रतिशत नगद लाभांश वितरणकाे गर्ने प्रस्ताव पारित गरिनेछ । साथै अन्य वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनका लागि कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिनेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




