बिहिबार नेपालमा १० लाख डोज खोप आउँदै, पहिलो प्राथमिकता अग्रभागमा खटिने योद्धाहरुलाई

- फागुनमा खोप आउँछ भनेको थिएँ, माघमै आयो कारबाही त हुन्न होला नि ?

-



     आरजू विष्ट सल्यानी    
     माघ ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ माघ । नेपालमा बिहिबार १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ । भारत सरकारको अनुदानमा १० लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं आउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।

‘मैले पहिले नै भनेको थिएँ कि सबै प्रकृया पूरा गरेर खोप ल्याईनेछ । त्यो बेलामा मैले फागुनसम्म खोप आउने बताएका थिएँ । मन्त्री त्रिपाठीले भने, तर खोप भोलि बिहीबार नै काठमाडौंमा आईपुग्छ ।’ मैले कबुल गरेको समय अगावै खोप आउने भएपछि ठट्यौलि पाराले उनले भने, खोप ल्याएकोमा कारबाही त नहोला नि ?

पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले हाम्रो लागि कोरोना संक्रमणको वर्ष चुनौतीको वर्ष भएको बताउँदै त्यो चुनौतीको सामना गर्दै, लगानाी गर्दै आएको र अहिले औषधी ल्याउनका लागि सफल भयौं । उनले भने, मित्रराष्ट्र भारतले छिमेकीको नाताले अनुदानमा दिएको खोप ७२ प्रतिशत नेपाली जनसंख्यालाई दिईने बताए ।

मन्त्री त्रिपाठीका अनुसार पहिलो खेपमा आएको कोरोना विरुद्धको खोप पहिलो योद्धाका रुपमा रहेका चिकित्सक, स्वास्थ्यकर्मि, सरसफाईकर्मि, एम्वुलेन्सचालक, शव व्यवस्थापनमा खटिनेहरु, सुरक्षाकर्मि कोरोना विरुद्धको युद्धका योद्धा भएकोले प्रथम खेपमा आएको खोप उनीहरुलाई लगाईने बताए ।

पहिलो प्राथमिकतामा राखिएकाहरुको लागि खोप लगाईसकेपछि बाँकी खोप जोखिममा परेका विरामीको लागि लगाईने भएको छ । मन्त्री त्रिपाठीले भारतले अनुदानमा दिएको खोप बाहेक अन्य खोप खरिद प्रक्रियाबाट ल्याउन लागेको बताउँदै ल्याउनका लागि सबै प्रक्रिया पूरा भएको जानकारी दिए । खोप ल्याउने कार्य एकदमै पारदर्शि छ, म त्यसैको लागि सजग भएर लागिरहेको छु, म स्पष्ट छु कि कुनैपनि प्रकारको कागजमा ओम पनि लेख्दिन । उनले भने, खोप अभियानलाई सफल बनाउने सरकारको चाहना हो । त्रिपाठीले नेपाल सरकारले नेपालमा कोरोना विरुद्धको खोप ल्याउने निश्चितता भएपछि नयाँ आशा र विश्वास जागेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजना गरीएको पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा र स्वास्थ्य तथा जनसंख्यामन्त्री हदयश त्रिपाठीले संयुक्त रुपमा भ्याक्सिनमैत्री संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर खाेपकाे बारेमा जानकारी दिएका हुन ।

भिडियाे हेर्न तलकाे लिंक खाेल्नुहाेला ।

https://www.facebook.com/plugins/video.php?