
काठमाडौं, २ मङ्सिर । पिपुल्स पावर लिमिटेडकाे नाफा घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेकाे हाे ।
चालु आर्थिक वर्षको असोजसम्ममा कम्पनीले १ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको पाइएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा २६.७२ प्रतिशतले थाेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ७२ लाख रुपैयाँ नाफा गरेकाे थियो।
कम्पनीको विद्युत बिक्री आम्दानीमा सामान्य बृद्धि भए पनि खर्च बढेकाेले नाफामा कमि भएकाे हाे ।
विद्युत बिक्री आम्दानी ५.३३ प्रतिशतले बढेकाे छ । यस्तै कुल नाफा ७.८४ प्रतिशतले बढेको छ। प्रशासनिक खर्च ३०९.३२ प्रतिशतले बढेको छ। वित्तीय खर्चतर्फ ६२.०१ प्रतिशत घटेको देखिएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




