
काठमाडौं ३ मङ्सिर । ङादी ग्रुप पावर लिमिटेडले लाभांश पारित गर्न साधारण सभा डाकेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेकाे हाे ।
कम्पनीकाे बाह्रौँ वार्षिक साधारण सभा मंसिर २५ गते, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान साढे ९ बजे सुरु बाेलाइएकाे छ।
सभाबाट ४.७५ प्रतिशतका दरले बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ। यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, संस्थागत सुशासनबारे प्रतिवेदन स्विकृत गर्ने, सञ्चालकहरुको नियुक्ति गर्ने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते बुकक्लोज गरिने भएको छ। साधारण सभामा सहभागि हुन तथा लाभांश पाउन याेग्य हुनका लागि शेयरधनीहरुले मंसिर ११ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




